Ads

काभा भलिबलबाट बाहिरियो भारत, फाइनलका लागि इरानसँग प्रतिस्पर्धा गर्दै नेपाल


भारत काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ ।

राष्ट्रिय खेलकुद परिसरस्थित कभर्ड हलमा बुधबार भएको खेलमा भारत काजकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

यससँगै काजकिस्तान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब दोस्रो फाइनलिस्ट तय गर्न नेपाल र इरानबीच साँझ ५ बजे प्रतिस्पर्धा हुँदैछ ।

इरान नेपालका लागि बलियो प्रतिद्वन्द्वी मानिएको छ । घरेलु समर्थकको साथ पाएको नेपाल फाइनल प्रवेशको लक्ष्यसहित कोर्टमा उत्रिँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू