Ads

“गणतन्त्र देशवासीलाई जोड्ने र राष्ट्र निर्माणको महान् प्रेरणा हो”


राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्दै समुन्नत भविष्यका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्ने ऐतिहासिक अवसर प्रदान गरेको बताएका छन्।

१८औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रको गरिमा र यसको महत्त्वमाथि प्रकाश पारे।

“गणतन्त्रले देशवासीलाई जोडेको छ र साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ। यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ,” राष्ट्रपति पौडेलले भने, “त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो।”

समारोहमा राष्ट्रपति पौडेलले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रात्मक व्यवस्थाको संवर्द्धन र संस्थागत विकासका लागि एकजुट हुन समेत आह्वान गरे। उक्त विशेष समारोहमा उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, काठमाडौँका मेयर बालेन शाह लगायत उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Ads

सम्बन्धित पोष्टहरू