गणतन्त्र दिवसको अवसरमा शाही युवा शक्ति नेपालले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
आज आयोजित प्रदर्शनमा सहभागीहरूले गणतन्त्रको विरोध गर्दै राजसंस्था पुनःस्थापनाको माग गरेका हुन् । प्रदर्शनकारीहरूले ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔं देश बचाऔं’ लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
उनीहरूले देशको वर्तमान राजनीतिक अवस्था सुधारका लागि राजसंस्था आवश्यक रहेको दाबी गर्दै ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा केही समय भीडभाड बढेको थियो । प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्