Ads

स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गरिने


अर्थमन्त्री स्वर्णिम वाग्ले ले काठमाडौंको स्युचाटार मा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गरिने घोषणा गरेका छन् ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले सरकारले एआई पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

उनका अनुसार, स्यूचाटारमा स्थापना हुने उक्त सेन्टर देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर हुनेछ ।

‘काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गर्नेछौं,’ उनले भने, ‘हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौं ।’

Ads

सम्बन्धित पोष्टहरू