Ads

सरकारले राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन बहस चलाउने


अर्थमन्त्री स्वर्णिम वाग्ले ले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिने विषयमा व्यापक बहस गराइने बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले दलहरूले प्राप्त गरेको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान उपलब्ध गराउने विषयमा छलफल अघि बढाइने जानकारी दिएका हुन् ।

‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेबारे व्यापक बहस गराइनेछ,’ उनले भने, ‘त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ ।’

Ads

सम्बन्धित पोष्टहरू