Ads

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)


सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार २५ प्रतिशतले बढाइएको बताएका हुन् ।

गत आर्थिक वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेल ले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

नयाँ बजेटअनुसार कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्याइएको छ । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू