Ads

पाँचदिने भ्रमणका लागि आज भारत जाँदै रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै छन्।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन्।

भ्रमण टोलीमा लामिछानेसँगै उनकी पत्नी निकिता, प्रतिनिधिसभा सदस्यहरू विपिन आचार्य, दीपक बोहरा तथा प्रदीप आचार्य सहभागी रहने जनाइएको छ।

रास्वपाका अनुसार भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा औपचारिक भेटघाट हुने कार्यक्रम रहेको छ। लामिछाने नेतृत्वको टोली पाँचदिने भ्रमण पूरा गरी आगामी शुक्रबार नेपाल फर्किने कार्यतालिका रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू