Ads

दिल्ली प्रस्थान गरे परराष्ट्रमन्त्री खनाल


परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा सुरु भएको भ्रमण आइतबारसम्म चल्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत नेपाल–भारतबीचका साझा चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल हुनेछ।

मन्त्रालयले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसैबीच, मन्त्री खनालले नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दो रहेको उल्लेख गर्दै ती अपेक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

उता, रवि लामिछाने भारतमा सम्पन्न पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन्।

Ads

सम्बन्धित पोष्टहरू