‘संगठित रूपमा भ्रम फैलाएर बजेट ओझेलमा पारियो’:अर्थमन्त्री वाग्ले
खबर पोष्ट जेष्ठ २७, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बजेटमाथिको छलफलका क्रममा उनले संसद् अवरुद्ध पारेर आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भएको आरोप लगाए।
समितिमा धारणा राख्दै अर्थमन्त्री वाग्लेले बजेटका विषयमा तथ्य र वास्तविकता प्रस्तुत गर्न आफू संसदीय समितिमा उपस्थित भएको बताए। उनले प्रतिनिधिसभामा बजेटमाथि गम्भीर छलफल हुनुपर्ने बेला अवरोध सिर्जना गरी विभिन्न अफवाह फैलाइएको दाबी गरे।
“बजेटमाथि छलफल हुनुपर्ने प्रतिनिधिसभा अवरुद्ध गरेर मेरो विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ। त्यसको जवाफ दिन पनि म संसदीय समितिमा आएको हुँ,” उनले भने।
हाल अर्थ समितिको बैठक जारी रहेको छ भने अर्थमन्त्री वाग्लेले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्। बैठकमा सांसदहरूले बजेटका प्राथमिकता, स्रोत व्यवस्थापन तथा कार्यान्वयनका विषयमा प्रश्न उठाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्