काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत आम निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर लडेको र जनताले विश्वास जितेको तर त्यसलाई बचाउन नसकेको बताए ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैं पोखरेलले एमाले माओवादी एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताए । उनले भने , ‘नेकपा गठनको उद्देश्य सही थियो । कार्यनीति र स्वार्थको प्रश्नमा अल्झिएका कारण हाम्रा महान उद्देश्यहरु प्रभावित भएका छन् । नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ ।’
नेपालको वामपन्थी आन्दोलन पनि सही दिशामा नभएको उनको तर्क थियो । कार्यनीतिमा देखिएको भिन्न मतका कारण वामपन्थी आन्दोलन गलत दिशामा गएको बताएका हुन् । अधिकार प्राप्तीको लडाई संगै लडेपनि संस्थागत गर्दा मत बाझिने गरेको उनले बताए ।
उनले भने, ‘नेपाली वामपन्थी आन्दोलन सही दिशामा छैन । कार्यनीतिमा देखिएको फरक मतका कारण हामी बोल्नै छोडेका छौं । नेताहरुको अन्तरकलहमा आधारित नीति बनाउने र त्यसैमा बहकिने प्रवृत्तिबाट वाम आन्दोलनमा देखिएको छ ।’
७ दशकदेखि नेपालमा पटक–पटक राजनीतिक क्रान्ति भएनपनि परिवर्तनको प्रत्याभूति दिलाउन राजनीतिक दलबाट कमजोरी भएको बताए ।
उनले भने , ‘राजनीतिक क्रान्ति गर्न सक्यौ तर परिवर्तन र समृद्धिको एजेण्डालाई अगाडि बढाउन सकेनौं । यसमा भएका कमजोरीबारे सबै दलहरुले आत्मसमिक्षा गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्