नेपाली सुन बजारमा बुधबार ठूलो उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन तोलामा १० हजार १०० रुपैयाँले घट्दै दुई लाख ९१ हजार ८०० रुपैयाँमा कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो गिरावटसँगै सुनको मूल्य पुनः तीन लाख रुपैयाँभन्दा तल झरेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर चार हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ। सुन र चाँदी दुवैको मूल्यमा आएको यो गिरावट पछिल्ला दिनकै उल्लेखनीय कमीमध्ये एक मानिएको छ।
प्रतिक्रिया दिनुहोस्