मेष आज घर जग्गा तथा सम्पत्ति सम्बन्धी व्यवसाय गर्नेहरूका लागि लाभदायक सम्झौता हुन सक्ने संकेत छ । तर साझेदारीमा काम गर्दा पूर्ण रूपमा अरूमा निर्भर हुनु उचित हुनेछैन । जिम्मेवारीपूर्ण व्यवहारले कार्य क्षेत्रमा सम्मान दिलाउनेछ ।
बृष आज उत्साह र आत्मविश्वास बढाउने समाचार प्राप्त हुने सम्भावना छ । सानो प्रयासले पनि मान सम्मानमा वृद्धि हुनेछ र वरिष्ठहरूको सद्भाव मिल्नेछ । रोकिएका वा कठिन देखिएका काम अघि बढ्न सक्छन् ।
मिथुन आज पेशागत जीवनलाई सुधार गर्न योजना बनाएर काम सुरु गर्नु उपयुक्त हुनेछ । अन्य दिनको तुलनामा धेरै मेहनत गर्नुपर्ने दिन हो । धार्मिक तथा सामाजिक कार्यमा समय खर्चिनुपर्ने हुन सक्छ, जसले केही अलमल पनि ल्याउन सक्छ ।
कर्कट आज अध्ययन, प्राविधिक काम वा अनुसन्धानमा ध्यान केन्द्रित गर्दा मानसिक थकान महसुस हुन सक्छ । एकाग्रतामा कमी देखिन सक्ने भएकाले ध्यान, योग र विश्राम उपयोगी हुनेछ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु राम्रो हुन्छ ।
सिंह आज मनोरञ्जन, घुमघाम, भेटघाट तथा रमाइलोमा समय बित्नेछ । पार्टनर वा जीवन साथीको भावना बुझ्नु अत्यन्त आवश्यक हुनेछ । काममा मन नलागेपनि भविष्यका योजना र सोचमा समय खर्चिन सकिने दिन हो ।
कन्या आज मिहिनेत र लगनशीलताले राम्रो परिणाम दिनेछ । कार्य क्षेत्रमा प्रशंसा र मान सम्मान प्राप्त हुने सम्भावना छ । स्वास्थ्य, ढुवानी, निर्माण सामग्री वा उद्योगसँग सम्बन्धित व्यवसायमा आय वृद्धि हुन सक्छ । त
तुला आज शिक्षा, लेखन, कला तथा बौद्धिक क्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ । गोपनीयता कायम राखेर काम गर्न सके कार्य क्षेत्रमा प्रशंसा पाइनेछ । अध्यात्म, ज्ञान र दार्शनिक विषयप्रति आकर्षण बढ्नेछ । प
बृश्चिक आज व्यावसायिक क्षेत्रमा केही अवरोध आउन सक्छ । तर सागपात, फलफूल, फोटोग्राफी, भिडियो सम्पादन वा रत्न–व्यवसाय जस्ता क्षेत्रमा लाभ हुने सम्भावना छ । दाम्पत्य जीवनमा सानो मतभेद देखिन सक्छ, त्यसैले धैर्य र समझदारी आवश्यक हुनेछ ।
धनु आज दाम्पत्य जीवनमा नयाँ ऊर्जा थपिनेछ । पुराना साथीभाइ र सहयोगीसँग आकस्मिक भेटघाट हुन सक्छ । लामो समयदेखि रोकिएको काम पूरा हुने संकेत छ । मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ र आत्मसम्मानमा वृद्धि हुनेछ ।
मकर आज कामको राम्रो प्रशंसा प्राप्त हुनेछ । वरिष्ठ तथा सेवाग्राही दुवै पक्ष सन्तुष्ट हुनेछन् । उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना पनि देखिन्छ । तर खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।
कुम्भ आज जोखिमपूर्ण काम भएपनि सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ । अनुभवी व्यक्तिको साथ र मार्गदर्शन प्राप्त हुनेछ । व्यक्तिगत प्रगतिको समाचारले मन प्रसन्न बनाउनेछ । पार्टनर वा नजिकका व्यक्तिबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछ ।
मीन आज सावधानी अपनाउनु अत्यन्त आवश्यक छ । अनावश्यक खर्च बढ्न सक्छ र मनमा भावनात्मक अस्थिरता देखिन सक्छ । पढाइ वा महत्वपूर्ण काममा एकाग्रता कमजोर हुन सक्छ । सानो गल्तीले ठूलो असर पार्न सक्ने भएकाले सतर्क रहनु उपयुक्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्