मेष राशि प्रेम सम्बन्धमा नयाँ सम्भावनाहरू खुल्ने समय रहेको छ । अप्रत्याशित प्रस्ताव वा सम्बन्धमा आउने नयाँ मोडले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
वृष राशि शिक्षा र बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत छ । अध्ययन तथा परीक्षामा संलग्नहरूले मेहनतअनुसारको सफलता प्राप्त गर्न सक्नेछन् ।
मिथुन राशि वैदेशिक क्षेत्रसँग सम्बन्धित प्रयास र लगानीबाट सकारात्मक परिणाम मिल्ने सम्भावना छ । तर स्वास्थ्य प्रति लापरवाही गर्दा समस्या आउन सक्ने भएकाले नियमित जीवनशैली अपनाउनु आवश्यक देखिन्छ ।
कर्कट राशि आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउनु पर्ने समय छ, ठगी वा भ्रममा पर्न सकिने जोखिम रहन्छ । निर्णय गर्दा सोच विचार आवश्यक छ ।
सिंह राशि शिक्षा तथा वैदेशिक अवसरमा प्रगति हुने संकेत छ । आत्मविश्वास र नेतृत्व क्षमताले सफलता दिलाउनेछ । स्वास्थ्यमा सानोतिनो समस्या देखिन सक्ने भएकाले नियमितता र सावधानी आवश्यक छ ।
कन्या राशि दिन सामान्य रहने भएपनि अध्ययन र ज्ञानार्जनले व्यक्तित्व विकासमा सहयोग पुर्याउनेछ । व्यवसायिक क्षेत्रमा सन्तोषजनक लाभ मिल्नेछ ।
तुला राशि बौद्धिक तथा अध्ययनात्मक क्षेत्रमा आकर्षण बढ्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा प्रतिस्पर्धा तीव्र बन्ने भएकाले विचार अभिव्यक्त गर्दा सजग रहनु आवश्यक छ ।
वृश्चिक राशि कार्य सम्पादनमा सावधानी अपनाउनु पर्ने समय छ, अन्यथा अरूको प्रभावमा पर्न सकिने सम्भावना रहन्छ । व्यापार र वैदेशिक सम्पर्कबाट लाभ मिल्ने संकेत छ ।
धनु राशि धैर्य र संयम आवश्यक रहेको दिन छ । हतारमा गरिएका निर्णयले अपेक्षित परिणाम नदिन सक्छन् । ठूला योजनामा अवरोध आउन सक्ने भएकाले रणनीति परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ ।
मकर राशि व्यवसाय, लगानी र सम्पत्तिसम्बन्धी कार्यमा सफलता मिल्ने संकेत छ । जग्गा जमिन वा दीर्घकालीन लगानीबाट लाभ प्राप्त हुन सक्छ । आर्थिक अवस्था सुदृढ हुँदै जानेछ ।
कुम्भ राशि पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । आफन्तसँग समय बिताउने अवसर मिल्नेछ । वैदेशिक वा प्रवाससँग सम्बन्धित कार्यमा उल्लेखनीय सफलता प्राप्त हुन सक्छ ।
मीन राशि प्रतिष्ठा र प्रभावमा केही कमी आउने संकेत रहेकाले महत्वपूर्ण निर्णयमा हतार नगर्नु उपयुक्त हुनेछ । प्रतिस्पर्धा र विवादमा चुनौती आउन सक्छ । संयमता र विवेकले परिस्थितिलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्