प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको हो।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने अनुमान गरिए पनि औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन।
सरकारका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू अपेक्षा गरिएको यस बैठकप्रति राजनीतिक वृत्तको समेत चासो रहेको छ।
प्रतिक्रिया दिनुहोस्