Ads

विश्व शान्तिको सन्देश फैलाउँदै नेपाल आइपुग्यो ‘अलोका’ कुकुर


विश्वभर शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको टोली सोमबार काठमाडौं आइपुगेको छ।

टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि रहेको छ, जसले यात्रालाई थप आकर्षणको केन्द्र बनाएको छ।

युद्ध, हिंसा र द्वन्द्वले प्रभावित विश्वमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित भन्ते पन्ना काराले भारतमा करिब ३४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म करिब ३७ सय किलोमिटर खाली खुट्टा पदयात्रा सम्पन्न गरिसकेका छन्।

काठमाडौं बसाइका क्रममा टोलीले बौद्धनाथ, स्वयम्भूनाथलगायत बौद्ध तीर्थस्थलहरूको दर्शन गर्ने तथा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको जनाएको छ।

भन्ते पन्ना काराले बुद्धका शिक्षा, ध्यान र करुणाको अभ्यासमार्फत मानिसले आफ्नो अन्तरमनमै शान्ति खोज्न सक्ने धारणा व्यक्त गर्दै नेपालबाट पनि विश्व शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्य रहेको बताए।

उनले विश्वमा बढ्दो हिंसा, असहिष्णुता र तनावका बीच बुद्धको मार्ग अझ सान्दर्भिक बनेको उल्लेख गर्दै व्यक्तिगत रूपान्तरणबाटै सामाजिक तथा विश्व शान्तिको आधार निर्माण हुने विश्वास व्यक्त गरे।

Ads

सम्बन्धित पोष्टहरू