मेष राशि पहिलेको मेहनतबाट लाभ मिल्नेछ । व्यवसाय विस्तार र नयाँ लगानीका सम्भावना देखिन्छन् । पारिवारिक सौहार्द बढ्नेछ भने यात्रा र अध्ययन लाभदायक रहनेछन् ।
वृष राशि संकटपूर्ण परिस्थितिमा पनि हिम्मतिलो प्रयास सफल बन्नेछ । गुरुजनको सहयोग र बुद्धिको सही प्रयोगले फाइदा दिलाउनेछ । पुराना समस्या समाधान हुने सम्भावना रहेको छ ।
मिथुन राशि पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्नेछ । स्वास्थ्यमा चिसोको असर देखिन सक्छ । सम्बन्धमा सामान्य तनाव सम्भव भएपनि प्रयत्न गरे सकारात्मक नतिजा मिल्नेछ ।
कर्कट राशि इच्छा शक्ति बढ्नेछ र निरन्तर प्रयासले सफलता दिलाउनेछ । सामाजिक सम्मान प्राप्त हुने संकेत छ । पारिवारिक तथा प्रेम सम्बन्धमा निकटता बढ्नेछ ।
सिंह राशि अवसरको खोजीमा दौडधुप बढ्न सक्छ । आर्थिक दबाब महसुस हुन सक्ने भएकाले खर्च व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ । पारिवारिक तथा सामाजिक सम्बन्धमा सावधानी अपनाउनु उपयुक्त हुनेछ ।
कन्या राशि रोकिएका कार्यहरू अघि बढ्नेछन् । आम्दानी र प्रतिष्ठा दुवैमा वृद्धि हुने संकेत छ । नयाँ जिम्मेवारी प्राप्त हुने तथा व्यवसायिक क्षेत्रमा फड्को मार्ने अवसर मिल्न सक्छ ।
तुला राशि स्वास्थ्य र खर्चमा असहजता देखिन सक्छ । अनावश्यक जिम्मेवारी बढ्न सक्छ । आत्मबलको प्रयोगले सामाजिक प्रभाव कायम गर्न सकिनेछ ।
वृश्चिक राशि लामो समयदेखि रोकिएका कार्यहरू सम्पन्न हुनेछन् । साथीभाइको सहयोगले लक्ष्य हासिल गर्न सहज हुनेछ । दीर्घकालीन लाभका लागि समय अनुकूल देखिएको छ ।
धनु राशि व्यवसाय तथा पेशागत क्षेत्रमा सफलता प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धि हासिल हुने सम्भावना छ । अनुभवी व्यक्तिको सल्लाह लिएर निर्णय गर्नु लाभदायक रहनेछ ।
मकर राशि नयाँ ज्ञान र यात्राबाट लाभ मिल्ने संकेत छ । आम्दानी बढ्नेछ भने दाम्पत्य तथा प्रेम सम्बन्ध अझ सुदृढ बन्नेछन् । कार्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्ने सम्भावना छ ।
कुम्भ राशि स्वास्थ्यमा समस्या देखिनुका साथै खर्च बढ्न सक्छ । प्रतिस्पर्धात्मक वातावरणमा सतर्क रहनुपर्ने देखिन्छ । अध्ययन र सम्बन्धका विषयमा विशेष ध्यान दिन आवश्यक छ ।
मीन राशि साझेदार वा जीवनसाथीको सहयोग प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनुका साथै नयाँ प्रस्तावहरू आउने सम्भावना छ । प्रेम र अध्ययन क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्