Ads

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो


सम्पत्ति शुद्धीकरण मामिलामा सोमबार सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई मंगलबार काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।

प्रहरी नियन्त्रणमा रहेका पौडेलमाथि जारी अनुसन्धानकै सिलसिलामा उनलाई विभागमा बुझाइएको प्रहरीले जनाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई आजै म्याद थप गर्न अदालत उपस्थित गराउने तयारी समेत भइरहेको छ।

विभागनिकट स्रोतका अनुसार पौडेलमाथि भइरहेको यो छानबिन उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतसँग प्रत्यक्ष सम्बन्धित छ। उनको शंकास्पद आर्थिक गतिविधि र सम्पत्तिको वैधानिक स्रोतबारे विस्तृत छानबिन गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ।

यसैबीच, उनलाई सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि प्रहरीले ललितपुरको भैँसेपाटीस्थित पौडेलको निजी निवासमा छापा समेत मारेको विशेष खुलासा भएको छ।

Ads

सम्बन्धित पोष्टहरू