चितवन, । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् ।
आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गरे । “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन रु” उनले भने ।
आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी पाँच वर्षमा देशले गति लिएजस्तै सञ्चार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उनको भनाइ थियो ।
सञ्चार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सबै सरोकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानुन संशोधनमार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताए ।
सञ्चारकर्मीसँगको सहकार्यबाट यस क्षेत्रलाई सबैले गर्व गर्न सक्ने र जिम्मेवार संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
पृथक प्रसङ्गमा उहाँले वर्तान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्नेगरी काममा क्रियाशील रहेको बताए ।
सञ्चार क्षेत्रको उन्नति, यसलाई सम्मानित क्षेत्रका रूपमा स्थापना गर्ने र जनविश्वास आर्जन गर्ने बनाउन सबैले गम्भीर भएर मनन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
उहाँले सञ्चार क्षेत्रमा देखिएका समस्याको खोजी गरी समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
सञ्चार क्षेत्र बलियो बनाउन सञ्चारकर्मी स्वयं जिम्मेवार हुनुपर्ने उनको कथन थियो ।
विज्ञापन क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले विज्ञापन नीति ल्याउने तयारी गरिरहेको जानकारी सञ्चारमन्त्रीले दिए । विज्ञापन क्षेत्रलाई उद्योगका रूपमा विकास सरकारको लक्ष्य रहेको उनको कथन थियो ।
“विज्ञापनलाई औपचारिक क्षेत्रमा कसरी रूपान्तरण विज्ञापन नीति केन्द्रित छ,” उनले भने ।
लोककल्याणकारी विज्ञापन सरकारले नरोकेको स्पष्ट गर्दै मन्त्री तिमिल्सिनाले वास्तविक श्रमजीवी पत्रकारलाई यसबाट लाभान्वित गराउन सरकारले चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस्