राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ। पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समावेशी समूहबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
मतपरिणाममा स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले प्रवास तथा विद्युतीय मतदानसमेत गरी २ हजार ६५६ मत प्राप्त गरेका छन्, जसले उनलाई सबैभन्दा लोकप्रिय उम्मेदवारका रूपमा स्थापित गरेको छ।
मतगणनाअनुसार सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो र सागर ढकाल चौथो सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार बनेका छन्। यी परिणामले पार्टीभित्र लोकप्रियता, संगठनात्मक प्रभाव र नयाँ नेतृत्वप्रति प्रतिनिधिहरूको विश्वासको संकेत गरेको विश्लेषण गरिएको छ।
रास्वपाले स्थापना भएपछि पहिलो पटक महाधिवेशनमार्फत विधिवत् रूपमा नयाँ केन्द्रीय नेतृत्व चयन गरेको हो। नयाँ केन्द्रीय समितिले अब पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार र आगामी निर्वाचन रणनीति तय गर्ने जिम्मेवारी वहन गर्नेछ।
कसले कति मत पाए सूची हेर्नुहोस् :







प्रतिक्रिया दिनुहोस्