फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्। समूह ‘जे’ अन्तर्गतका अन्तिम दुई खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै ३२ टोलीको टुंगो लागेको हो। अब यो विश्वव्यापी प्रतियोगिता उपाधि होडको निर्णायक चरण अर्थात् राउन्ड अफ ३२ मा प्रवेश गरेको छ।
इतिहासमै पहिलोपटक ४८ टोलीको सहभागिता रहेको यस विश्वकपको समूह चरणमा केही अप्रत्याशित र आश्चर्यजनक नतिजाहरू देखिएका छन्। दुई पटकको विश्वकप विजेता उरुग्वे समूह चरणबाटै बाहिरिनु यसपटकको ठूलो धक्का हो भने पहिलोपटक विश्वकप खेलिरहेको अफ्रिकी राष्ट्र केप भर्डले इतिहास रच्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। केप भर्डको यो उपलब्धिलाई प्रतियोगिताकै सबैभन्दा ठूलो ‘सरप्राइज’ का रूपमा हेरिएको छ।
अर्कोतर्फ, दक्षिण अमेरिकी शक्तिहरू अर्जेन्टिना, ब्राजिल र कोलम्बियासहित युरोपेली महारथीहरू फ्रान्स, स्पेन, पोर्चुगल, जर्मनी, इङ्गल्याण्ड र नेदरल्यान्ड्सले भने अपेक्षाअनुसार नै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।
राउन्ड अफ ३२ को खेल तालिका
नकआउट चरणका १६ रोमाञ्चक भिडन्तहरू यस प्रकार रहेका छन्:
South Africa vs Canada
Brazil vs Japan
Germany vs Paraguay
Netherlands vs Morocco
Ivory Coast vs Norway
France vs Sweden
Mexico vs Ecuador
England vs DR Congo
Belgium vs Senegal
United States vs Bosnia and Herzegovina
Spain vs Austria
Portugal vs Croatia
Switzerland vs Algeria
Australia vs Egypt
Argentina vs Cape Verde
Colombia vs Ghana
नकआउट चरणका खेलहरूमा विशेषगरी अर्जेन्टिना र केप भर्डबीचको प्रतिस्पर्धाले धेरैको ध्यान तानेको छ। विश्व फुटबलको दिग्गज टोली अर्जेन्टिनासामु पहिलोपटक नकआउट चरण पुगेको केप भर्डले कस्तो चुनौती पेश गर्नेछ भन्ने कुरा कौतुहलताको विषय बनेको छ।
यस्तै, ब्राजिल र जापानबीचको भिडन्तलाई एसिया र दक्षिण अमेरिकाबीचको प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ। फ्रान्स र स्विडेन, पोर्चुगल र क्रोएसिया तथा बेल्जियम र सेनेगलबीचका खेलहरू पनि निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
नकआउट चरणमा अब हार्ने टोली सिधै प्रतियोगिताबाट बाहिरिने भएकाले प्रत्येक खेल टोलीहरूका लागि ‘गर या मर’ को अवस्था जस्तै हुनेछ।
समूह चरणमा देखिएका अप्रत्याशित नतिजा र नयाँ टोलीहरूको उदयले यसपटकको विश्वकपलाई अझ बढी रोमाञ्चक बनाएको छ। अब विश्व फुटबलका यी ३२ टोली उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रनेछन् भने विश्वभरका फुटबल समर्थकहरूको ध्यान नकआउट चरणतर्फ केन्द्रित भएको छ।
प्रतिक्रिया दिनुहोस्