सह-आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मेक्सिको सिटी स्टेडियममा सम्पन्न रोमाञ्चक राउन्ड अफ ३२ को खेलमा इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले अन्तिम १६ मा स्थान बनाएको हो।
मेक्सिकोको जितमा दुवै गोल पहिलो हाफमा सम्भव भयो। खेलको २१ औं मिनेटमा युलियन क्वीन्योनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए भने ३१ औं मिनेटमा राउल जिमिनेजले गोल थप्दै अग्रता दोब्बर पारे। दोस्रो हाफमा दुवै टोलीबाट गोलका प्रयास भए पनि थप गोल हुन सकेन।
यो हारसँगै इक्वेडर विश्वकपको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ। विजेता मेक्सिकोले अब क्वार्टरफाइनल प्रवेशका लागि इङ्ल्यान्ड र डीआर कंगो बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्