Ads

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित समारोहमा सभापति रवि लामिछानेले उनीहरूलाई शपथ गराएका हुन्। चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

शपथ ग्रहणसँगै नवनिर्वाचित नेतृत्वले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको छ। तर, शपथ समारोहमा पार्टीका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएनन्।

Ads

सम्बन्धित पोष्टहरू