Ads

२०८३ असार १८ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरायसी जिम्मेवारी बढ्ने भएकाले समयको उचित व्यवस्थापन गर्नु आवश्यक छ । प्रेम सम्बन्धमा रहेका व्यक्तिले जीवनसाथी वा प्रेमीसँग खुलेर संवाद गर्नु राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदा घरायसी जिम्मेवारी पनि बढ्न सक्छ । यद्यपि, तपाईंको योगदानको प्रशंसा हुने भएकाले मन सन्तुष्ट रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज जोखिमपूर्ण तथा कानुनविपरीत कार्यबाट टाढा रहनु उपयुक्त हुनेछ । वैचारिक मतभेद हुन सक्ने भएकाले आफ्नो धारणा स्पष्ट रूपमा राख्नु राम्रो हुन्छ । मनमा रहेका समस्या दबाएर नराखी अभिभावक वा अनुभवी व्यक्तिसँग साझा गरे समाधानको बाटो खुल्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन सामान्यभन्दा बढी व्यस्त रहनेछ । मेहनतअनुसारको प्रतिफल प्राप्त हुनेछ । व्यस्तताका बीच परिवार, जीवन साथी वा सन्तानका लागि केही समय छुट्याउनु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक काममा समय खर्च नगर्नुहोस् । महत्त्वपूर्ण काममा साथीभाइको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षमता प्रदर्शन गरेर प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादन सहज र छिटो हुनेछ । नयाँ सीप सिक्ने तथा योग्यता बढाउने अवसर प्राप्त हुनेछ । परिवारलाई पनि पर्याप्त समय दिनु उपयुक्त हुन्छ । प्रियजनलाई सहयोग गर्ने अवसर मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवनमा सामान्य वैचारिक मतभेद हुन सक्छ । धैर्य र सकारात्मक सोचले समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ । गुरुजनको सुझावले अनुभव र ज्ञान बढ्नेछ । आमाको आशीर्वाद तथा परिवारको साथले कार्यसफलता मिल्ने संकेत छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथी भाइसँगको भेटघाटका कारण जीवन साथीलाई पर्याप्त समय दिन नसकिए पनि व्यक्तिगत काम पूरा हुने सम्भावना छ । घर जग्गा खरिद बिक्री वा दीर्घकालीन लगानीका लागि दिन अनुकूल छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । यसबाट प्रतिष्ठा र पहिचान बढ्नेछ । आकस्मिक यात्रा हुन सक्ने सम्भावना छ, जसबाट पनि लाभ मिल्ने संकेत छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ विषय सिक्ने र अध्ययन गर्ने उत्साह बढ्नेछ । ज्ञान तथा सीप विस्तारमा ध्यान दिए राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । करियरसँग सम्बन्धित महत्त्वपूर्ण योजनामा सफलता मिल्ने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज शरीरमा आलस्य र थकान महसुस हुन सक्छ । मानसिक शान्ति र पर्याप्त विश्राम आवश्यक देखिन्छ । खर्च नियन्त्रण गर्दै बजेट सन्तुलित राख्नु उपयुक्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गोप्य शत्रु वा प्रतिस्पर्धीबाट सजग रहनु आवश्यक छ । नयाँ रोजगारीको खोजीमा हुनुहुन्छ भने सकारात्मक परिणाम प्राप्त हुन सक्छ । सोच विचार गरेर उठाइएको जोखिमले राम्रो लाभ दिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू