काठमाडौं । दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका – ३ एकलीमा ट्याक्टरबाट खसेर स्थानीय १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । सोमबार साँझ रा १ त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टर चौधरी अचानक खसेका थिए । ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्