नेपाली बजारमा सुनको मूल्यमा बिहीबार एकैदिन उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघले बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ निर्धारण गरेको छ, जुन अघिल्लो दिनको तुलनामा १८० रुपैयाँ बढी हो। बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गरिरहेकाले बजारमा खरिदकर्ता र लगानीकर्ताको चासो बढेको छ।
प्रतिक्रिया दिनुहोस्