इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको अन्त्येष्टिका लागि तेहरानमा व्यापक तयारी गरिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनको पार्थिव शरीरलाई ‘शहादत’ भएको भनिएको स्थानमा पुर्याइएको छ भने जुलाई ४ र ५ मा दुईदिने सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरिनेछ।
इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कार्यक्रममा २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरेको छ। भीड व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य, यातायात तथा अन्य सरकारी संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको जनाइएको छ।
नयाँ सर्वोच्च नेता मोजतबा खामेनी भने सुरक्षा जोखिमका कारण समारोहमा सार्वजनिक रूपमा सहभागी नहुने बताइएको छ। भारतसहित विभिन्न देशका प्रतिनिधिहरू अन्त्येष्टिमा सहभागी हुने कार्यक्रम रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्