Ads

२०८३ असार २१ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका लागि समय दिनुपर्ने भएपनि प्रयास गरेमा रोकिएको वा अड्किएको धन प्राप्त हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ व्यवसाय वा रोजगारीको खोजीमा हुनुहुन्छ भने आजको दिन सकारात्मक रहन सक्छ । प्रतिस्पर्धी र विरोधीका गतिविधिप्रति भने सचेत रहनु आवश्यक छ । नयाँ काम सुरु गर्नुअघि वरिष्ठको सल्लाह र सहयोग लिनु लाभदायक हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) विदेश यात्रा, अध्ययन वा छात्रवृत्तिसम्बन्धी प्रयासमा शुभ संकेत देखिएको छ । नयाँ सूचना र अवसर प्राप्त हुनेछन् । कार्यस्थलमा जिम्मेवारी बढ्नेछ र भाग्यले पनि साथ दिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा चिन्ता र निराशा बढ्न सक्ने दिन भएकाले सकारात्मक सोच अपनाउनु राम्रो हुन्छ । प्रेम सम्बन्धमा गुनासो बढ्न सक्ने भएकाले व्यवहारमा संयमता आवश्यक छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रूपसौन्दर्य, कला, साहित्य, संगीत तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्ने दिन हो । कला वा अभिनयसँग सम्बन्धित व्यक्तिले आफ्ना नयाँ विचारलाई अभिलेख गर्नु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) चुनौती र परीक्षालाई सफलतापूर्वक सामना गर्ने दिन छ । अध्ययनसँगै स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनु आवश्यक हुनेछ । थकान र मानसिक तनाव बढ्न सक्ने भएकाले अनावश्यक चिन्ता नगर्नु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम सम्बन्ध र दाम्पत्य जीवनका लागि आजको दिन सुखद रहनेछ । पारिवारिक वातावरण पनि सौहार्दपूर्ण हुनेछ । घुमफिर र मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्य राम्रो रहने भएपनि मानसिक चिन्ता बढ्न सक्छ । आफन्तको व्यवहारले मन खिन्न बनाउन सक्छ । व्यवसाय र पेशागत क्षेत्र भने सकारात्मक रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कडा मेहनतको राम्रो प्रतिफल प्राप्त हुने दिन हो । सहकर्मी र सहयोगीहरूले तपाईंको क्षमताको प्रशंसा गर्नेछन् । साथीभाइसँग भेटघाट र रमाइलो समय बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सञ्चार, विज्ञापन वा मार्केटिङसँग सम्बन्धित काम गर्नेहरूका लागि दिन लाभदायक रहनेछ । अरूको आलोचनामा ध्यान नदिई आफ्नो लक्ष्यमा केन्द्रित हुनु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कृषि, वन, काठ तथा औषधिसम्बन्धी व्यवसाय गर्नेहरूका लागि राम्रो दिन छ । नयाँ लगानी वा व्यवसाय विस्तारका योजना सफल हुन सक्छन् । आत्मविश्वास र ऊर्जा बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यक्तिगत समस्याका कारण काममा पूर्ण ध्यान दिन कठिन हुन सक्छ । कार्यभार बढ्नाले सहकर्मी वा वरिष्ठसँग असन्तुष्टि देखिन सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू