मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सफलता प्राप्त गर्न प्रतिस्पर्धामा उत्रिनुपर्ने अवस्था देखिन्छ । व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने भएपनि अहिलेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दाजुभाइ तथा परिवारका सदस्यसँग समय बिताउने अवसर मिल्नेछ । सन्तानको उन्नति वा पारिवारिक जिम्मेवारीमा व्यस्त रहनुपर्ने देखिन्छ । सरकारी तथा प्रशासनिक काममा सफलता प्राप्त हुने सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पेसागत सुधारका लागि योजना बनाएर अघि बढ्न अनुकूल दिन छ । अरू दिनभन्दा बढी मेहनत गर्नुपर्ने भए पनि त्यसको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)ज्ञान, अध्ययन र नयाँ अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ । गुरु तथा अनुभवी व्यक्तिसँगको छलफलले नयाँ दृष्टिकोण प्रदान गर्नेछ । परिवार र साथीभाइलाई सहयोग गर्ने मनोभाव रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मन अलि अस्थिर रहन सक्छ र साना कुराले पनि चिन्ता बढ्न सक्छ । काममा खासै उत्साह नदेखिए पनि भविष्यका योजनाबारे सोच्ने समय मिल्नेछ । आकस्मिक धनलाभको सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)कार्यक्षेत्रमा लगनशीलता देखिने भएकाले प्रशंसा प्राप्त हुनेछ । कामबाट सामान्य लाभ मिलिरहनेछ तर पारिवारिक आवश्यकता वा यात्राका कारण केही काम स्थगित गर्नुपर्ने हुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ । रिस र आवेगलाई नियन्त्रण गर्न सके सफलता हात पर्नेछ । घमण्ड त्यागेर व्यवहारिक ढंगले अघि बढे राम्रो परिणाम प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तान वा परिवारका सदस्यबाट राम्रो सहयोग प्राप्त हुनेछ । दैनिक कामबाट लाभ मिल्नेछ र भविष्यमा फाइदा दिने नयाँ कामको सुरुवात हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दाम्पत्य जीवनमा सानो विषयलाई लिएर मतभेद हुन सक्छ । धैर्य र सकारात्मक सोचले समस्या समाधान हुनेछ । निर्णय गर्न अलमल हुने भएकाले हतारमा कुनै निष्कर्षमा नपुग्नुहोस् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) रोकिएका काम पुन: प्रयास गर्दा सफलता मिल्नेछ । सहकर्मी वा वरिष्ठ व्यक्तिको सहयोगले चुनौती पार गर्न सकिनेछ । आफूलाई उत्साहित बनाउने काममा केन्द्रित हुँदा मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आयआर्जन बढाउने नयाँ अवसर प्राप्त हुन सक्छ । नयाँ व्यवसाय वा रोजगारीको योजना बनाउनु अघि अनुभवी व्यक्तिको सुझाव लिनु लाभदायक हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ काम सुरु गर्ने वा नयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ । भविष्यका लागि आवश्यक योजना र तयारी गर्न अनुकूल समय छ । आत्मविश्वास बढ्नेछ र नयाँ कुरा सिक्ने उत्साह जाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्