काठमाडौँ, । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएका छन् ।
बैठकमा टेबुल भएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३’, ‘सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन् ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका ती चार विधेयक आजै राष्ट्रियसभाबाट पारित भएका थिए । प्रतिनिधिसभाको अर्को बैठक केहीबेरमा बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्