Ads

२०८३ असार २६ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्वान् र गुरुजनको साथ तथा प्रेरणा प्राप्त हुने दिन छ । आफ्नो प्रतिभा प्रदर्शन गर्दै नाम र प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । सम्मान बढेपनि भौतिक सुखसुविधाप्रतिको चिन्ता रहन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यक्तिगत उन्नति र प्रगतिका समाचारले मन प्रसन्न हुनेछ । जीवनसाथी वा साझेदारबाट सहयोग र शुभकामना प्राप्त हुनेछ । प्राविधिक तथा मेसिनरीसम्बन्धी काममा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज व्यस्तता र दौडधूप बढ्नेछ । खर्च बढ्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । नयाँ कुरा सिक्ने र कार्यशैली परिवर्तन गर्ने सोच आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम सुरु गर्न अनुकूल समय छ । अतिरिक्त आम्दानी वा बोनस प्राप्त हुन सक्छ । साथीभाइसँग रमाइलो गर्ने अवसर मिल्नेछ । प्रशासनिक तथा राजनीतिक समस्या समाधान हुने संकेत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसाय र कारोबारमा राम्रो प्रतिफल प्राप्त हुनेछ । नयाँ योजना अघि बढाउनुभन्दा पहिले साझेदार र प्रतिस्पर्धीसँग अनुभव आदानप्रदान गर्नु लाभदायक हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुनुपर्ने दिन छ । समाजमा सम्मान प्राप्त भए पनि परिवारलाई पर्याप्त समय दिन नसक्दा केही असन्तुष्टि हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) वैचारिक मतभेद हुन सक्ने दिन भएकाले आफ्नो धारणा स्पष्ट राख्नु उचित हुनेछ । सरकारी वा प्रशासनिक काममा केही झन्झट आउन सक्छ । बाहिर निस्कँदा आवश्यक कागजात साथमा राख्नुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भावुकता र कल्पनामा धेरै समय बित्न सक्छ । सफलता प्राप्त गर्न मेहनत आवश्यक पर्ने दिन हो । पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना छ । पारिवारिक भावना र सम्बन्धलाई प्राथमिकता दिनु लाभदायक हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अनावश्यक काममा समय खर्च नगर्नु राम्रो हुनेछ । साथीभाइको सहयोगले घरायसी काम सम्पन्न हुनेछ । प्रतिष्ठा र सम्मान बढ्ने दिन भएपनि अहंकार र हठका कारण समस्या आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ ज्ञान हासिल गर्ने अवसर मिल्नेछ । धैर्य र लगनशीलताले महत्त्वपूर्ण काममा सफलता दिलाउनेछ । दीर्घकालीन लगानीबाट लाभ हुने संकेत छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सानातिना अवरोध आएपनि काम रोकिने छैन । परिवारबाट शुभ समाचार प्राप्त हुन सक्छ । व्यवसायलाई नयाँ दिशा दिने प्रयास सफल हुनेछ । कसैको आश्वासन वा लोभमा नपर्नु राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यवहारिक सोचले आर्थिक उन्नतिमा सहयोग गर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुँदा सम्मान र सन्तुष्टि प्राप्त हुनेछ । सहकर्मीको कामका कारण केही व्यस्तता बढ्न सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू