Ads

२०८३ असार २९ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदार तथा सहकर्मीको सुझाव लाभदायी रहनेछ । सामाजिक गतिविधिमा सक्रिय हुँदा पनि चुस्त व्यवस्थापनका कारण काममा असर पर्नेछैन । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ भने पारिवारिक जिम्मेवारी बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अचानक साथीभाइसँग भेटघाट हुने वा नयाँ अवसर प्राप्त हुने सम्भावना छ । प्रभावशाली संवादका कारण अन्तर्वार्ता, प्रस्तुति वा बैठकमा राम्रो छाप छोड्न सक्नुहुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)अनावश्यक महत्त्वाकाङ्क्षा र भ्रमले निर्णयमा असर पार्न सक्छ । घर परिवार र कार्यस्थलमा भने खुसीको वातावरण रहनेछ । आर्थिक क्षेत्रमा नयाँ रणनीति अपनाए सफलता मिल्ने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अल्छीपन र शारीरिक थकानका कारण काममा ढिलाइ हुन सक्छ । मानसिक शान्ति र विश्राम आवश्यक देखिन्छ । खर्च बढ्ने सम्भावना भएकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायी कामका लागि दौडधूप गर्नुपर्नेछ । प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ र प्रतिस्पर्धामा सफलता मिल्नेछ । घर जग्गासम्बन्धी कारोबार लाभदायी हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वकिल, शिक्षक, प्राध्यापक, वक्ता तथा सञ्चारसँग सम्बन्धित व्यक्तिहरूका लागि दिन लाभदायी रहनेछ । लेखन, प्रकाशन, परामर्श, लेखा, वकालत, शेयर बजार तथा सूचना–प्रविधिसम्बन्धी क्षेत्रमा सफलता मिल्ने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले साथ दिने दिन छ । सहकर्मी तथा प्रियजनलाई प्रोत्साहन गर्दा सम्बन्ध अझ बलियो बन्नेछ । कार्य क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुनेछ। धार्मिक वा सामाजिक सेवामा संलग्न हुँदा मनमा सन्तुष्टि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)काममा केही अवरोध आएपनि धैर्यपूर्वक गुणस्तर सुधारमा ध्यान दिनु उचित हुनेछ । आत्मविश्वासमा कमी आउन सक्ने भएकाले स्वास्थ्य र जिम्मेवारी दुवैतर्फ सचेत रहनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)मनोरञ्जन, स्वादिष्ट भोजन तथा रमाइलो गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ । आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने समय आएको छ । लुकेको सिर्जनशीलता उजागर हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सानातिना गल्तीले आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले काममा विशेष सावधानी अपनाउनुहोस् । जीवनसाथीसँगको सम्बन्धमा दूरी बढ्न नदिन संवादलाई प्राथमिकता दिनुहोस् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) भावना र कल्पनामा हराउनेभन्दा नयाँ ज्ञान र सीप सिक्न समय दिनु उपयुक्त हुनेछ । प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्ने प्रयास गर्नुहोस् । सन्तान वा भाइबहिनीका लागि खर्च बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरायसी काममा व्यस्तता बढ्नेछ । अनावश्यक कुरामा अल्झिनुभन्दा लक्ष्यमा केन्द्रित हुनु राम्रो हुनेछ । गुरुजनको मार्गदर्शनले अनुभव र ज्ञान बढाउने अवसर मिल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू