Ads

कर्णाली राजमार्गको गगने खोलामा पुनः अवरुद्ध


मान्म (कालीकोट), । कर्णाली राजमार्गअन्र्तगत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ । आज बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले सडक डिभिजन कार्यालयको सहयोगमा एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी जनक शर्माले जानकारी दिए। “पानी पर्दा साथ गगने खोलामा पटक–पटक पहिरो जाने गरेको छ”, उनले भने, “अवरुद्ध रहेको सडक अहिले एक्साभेटरद्वारा खुलाउने काम जारी छ ।”
गगने खोलामा प्रत्येक वर्ष सामान्य पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने गरेको छ । शुक्रबार पनि गगने खोलामा लेदोसहितको पहिरो आएका कारणले अवरुद्ध भएको थियो ।
Ads

सम्बन्धित पोष्टहरू