काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत दोस्रो दिनबाट बन्दसत्र सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरू भएको हो । ११ बजेबाट सुरु हुने भनिएको बन्दसत्र एक घण्टा ढीला सुरु भएको हो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीका अनुसार बन्दसत्रमा करिब १६ जना जति प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
महाधिवेशनले १५ पदाधिकारीसहित माओवादीको २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्