Ads

बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा


बागलुङ, । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन् । मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो ।
निसीखोलाका ४० घर पहिरोको उच्च जोखिममा परेका निसीखोला–२ का वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए । पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पु¥याएको जनाउँदै उनले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किनेलगायत क्षति पुगेको बताए ।
पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ भने ४० घर पहिरोको उच्च जोखिममा परेका छन् ।
उपल्लो बेङ्ग्रीको पहिरोका कारण बस्तीमा थप जोखिम बढेको वडाध्यक्ष विश्वकर्माले बताए । लगातार वर्षा भइरहेकाले पहिरो थप खस्नसक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उनले आग्रह गरे । उनका अनुसार काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडकखण्डमा पनि पहिरो झरेर बस्ती जोखिममा परेका छन् ।
Ads

सम्बन्धित पोष्टहरू