Ads

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं, । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सुन तोलामा रु एक हजार छ सयले बढेको छ भने चाँदी रु ६० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७७० कायम भएको छ

आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य रु चार हजार ७१० कायम भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू