Ads

उद्धार र राहतमा सघाउन आग्रह


नुवाकोट, । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले स्थानीय बासिन्दाले बनाएको योजनाअनुसार नेकपा ९एमाले०का नेता तथा कार्यकर्ता उद्धार, राहात, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा खटिने बताएका छन् ।

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग कुरा गर्दै उहाँले स्थानीय आवश्यकताका आधारमा आफूहरू खटिने बताएका हुन् ।

ठूला प्राकृतिक विपत्तिमा पनि एमालेका नेता, कार्यकर्ताले श्रमदान गरेर उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको काम गरेको स्मरण गर्दै उनले यसपटक पनि सोहीअनुसार खटिने उनको भनाइ थियो ।

“तपाईँहरूले योजना बनाउनुहोस् । यस्तो प्रकारको सीप भएका जनशक्ति चाहियो भन्नुहोस् । पार्टीले त्यस्ता जनशक्ति पठाउँछ”, महासचिव पोखरेलले भने ।

सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार नुवाकोट सदरमुकाम विदुरमा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डे र केन्द्रीय सदस्य एवं रसुवाका इन्चार्ज प्रेम तामाङले जिल्लामा बाढीले पुर्याएको क्षतिका बारेमा महासचिव पोखरेललाई जानकारी गराएका थिए।

Ads

सम्बन्धित पोष्टहरू