Ads

सुनको मूल्य ९ हजार ५ सयले घट्यो


काठमाडौँ, । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको हो।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेको हो।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला चार हजार ७८० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो। यसरी आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँ घटेर कारोबार भइरहेको छ।

Ads

सम्बन्धित पोष्टहरू