Ads

प्रतितोला दुई हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ, । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो।यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू