Ads

सुनको मूल्य ८ हजार ८ सयले घट्यो


काठमाडौँ, । नेपाल बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला तीन लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज (बुधबार) ८ हजार ८ सय रुपैयाँले घटेर दुई लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चाँदी चार हजार ७ सय ६५ रुपैयाँ रहेकोमा बुधबार १८५ रुपैयाँले घटेर चार हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।

Ads

सम्बन्धित पोष्टहरू