Ads

नेसनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनाल ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२६’ द्वारा सम्मानित


काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेश अध्यक्ष तथा मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनाल प्रतिष्ठित ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनु भएको छ । शिक्षा क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदान तथा समाज र राष्ट्रको हितमा गरेको महत्वपूर्ण सेवाको मुल्याङकन गर्दै खनाललार्ई ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२६–नेपाल एन्ड इन्टरनेसनल समिट’ प्रदान गरिएको हो । जमलस्थित राष्ट्रिय नाचघरमा यही २०८३ साल भदौ २० गते शनिबार आयोजित विशेष समारोहमा खनाललार्ई ‘बेस्ट कन्ट्रिब्युसन इन एजुकेसन फिल्ड’ विधातर्फको अवार्ड प्रदान भयो । आयोजक एबीएम प्रोडक्शनका अध्यक्ष अनमोल भगतको सभापतित्वमा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अवार्ड तथा सम्मानपत्र प्रदान गर्नु भयो । शिक्षा क्षेत्रमा देखाएको उत्कृष्ट समर्पण, उल्लेखनीय उपलब्धि तथा समाज र राष्ट्रप्रतिको मूल्यवान योगदानको कदरस्वरूप ‘बेस्ट कन्ट्रिब्युसन इन एजुकेसन फिल्ड’ अवार्ड प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
शिक्षण क्षेत्रमा लामो समयदेखि सक्रिय खनालले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको प्रतिभा, सिर्जनशीलता र सकारात्मक संस्कार विकासमा योगदान पुर्याउँदै आउनु भएको छ । प्राप्त सम्मानले शिक्षा क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्न आफूलाई थप हौसला र प्रेरणा मिलेको खनालले यस सञ्चारमाध्यमलाई जानकारी दिनु भयो । ‘…Celebrating Achievers Honoring, Excellence Inspiring the Future’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। उक्त अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा प्रमुख अतिथि उपेन्द्र यादवका साथै संघीय सांसद विनोद पहाडी, पूर्व सांसद छिरिङ लामा, जगत जोशी, खेमराज कोइराला लगायतले बोल्नु भएको थियो ।
Ads

सम्बन्धित पोष्टहरू