Ads

सुन–चाँदी दुवैको मूल्य घट्यो


काठमाडौँ, । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदी दुवैको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार ४ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

यससँगै आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला ३५ रूपैयाँले घटेर चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू