Ads

माओवादी महाधिवेशनः १५ पदाधिकारी २९९केन्द्रीय सदस्य रहने विधान मस्यौदा प्रस्तुत


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ ।

पदाधिकारी समावेशी बनाइने गुरुङले बताए । त्यस्तै केन्द्रीय कमिटी २९९ सदस्यीय हुने र केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न विधानमा प्रस्ताव गरिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू