काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन मंगलबार (आज)बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने छ । ।
सोमबार बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए ।
समूहगत छलफलका लागि २५ समूह बनाएको छ । समूहगत छलफल गर्ने स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी यस्तो रहेको छ ।
जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थानः प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारीः एनके प्रसाई
सल्लाहकारहरु
छलफलको स्थानः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारीः नन्दकुमार थापा
प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थानः भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः हर्क नेम्वाङ
प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थानः पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः गणेश साह
लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीःचक्रपाणी खनाल
गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः गायत्री गुरुङ
प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः लक्ष्मण पन्त
कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारीः विमला केसी
सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारीः खगराज भट्ट
सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थानः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारीः मायाप्रसाद शर्मा
उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारीः जगत सिंखडा
सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारीः कृष्ण अधिकारी
बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः सरल सहयात्री
आयोगका सदस्यहरु
छलफलको स्थानःकाठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः विष्णुपुकार श्रेष्ठ
जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थानः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः अमृता थापामगर
–केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने ।
मंगलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा राख्ने छन् ।
प्रतिक्रिया दिनुहोस्