काठमाडौं । विवाहको सिजन सुरु भएदेखि मंसिरमा सुनको मूल्य लगातार बढेको थियाे । तर आज सुनको मूल्य गिरावट आएको छ । मंसिर महिना कटेपछि नेपाली बजारमा सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । बिहीबार तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएकोमा आज छापावाल सुन तोलाको ९९ लाख ९०० रुपैयाँमा झरेको छ
बिहीबार तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्