त्रिशूली, । नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नम्बर १ कल्चे स्थित पञ्चकन्या एग्रो टुरिजम प्रालीमा लगाएको ड्रागन फ्रुटको १८ महिनामा नै फल उत्पादन सुरु गरेको छ । नेपाल प्रहरीमा सेवा पुराएर अवकास प्राप्त जीवन बिताउदै आएका स्थानीय कुमार थापाले ४८ रोपनी जग्गामा लगाएको ड्रागन फ्रुटले लगाएको ढेडवर्षको अवधिमा नै उत्पादन लिन सुरु गरेका हुन् ।
करीब रु.२ करोड पचास लाख लगानीमा लगाएको बाह्रहजार बिरुवा मध्ये पहिलो चरणमा रोपिएका बिरुवामा फल लाग्न थालेसगैँ नुवाकोटदेखि काठमाडौसम्म पुराएर बिक्री गर्न सुरु गरेको किसान कुमार थापाको भनाई छ । फार्ममा नै पुगेर खरिद गर्नेलाई प्रतिकिलो रु. पाचसयमा उपलब्ध हुने भएपनि काठमाडौमा पुराइएको फलबाट प्रतिकिलो रु.८ सयसम्म लिएका छन् ।
स्वास्थ्यको लागी निकै हितकर मानिने यो फलको नियमित सेवन गर्नाले शरिरको विशाक्त तत्वलाई हटाउन र उच्च रक्तचाप घटाउन मद्धत गर्ने चिकित्सकहरुको भनाई छ । यसलाई फल, तरकारी, फूल तथा स्वास्थ्यवद्र्धक, औषधिको रुपमा सेवन गरिने भएकाले ग्राहकको रोजाईमा परेको पञ्चकन्या एग्रो टुरिजम प्रालीका सञ्चालक थापाले बताए ।
“व्यावसायिक खेती नहुदाँ कम उत्पादन भएकाले कारोबार महङ्गो भएको हो ।” उनीले भने “परम्परागत खेतीको रुपमा विकास गर्न तथा उत्पादन बढाएर सहज शुल्कमा सबैको पहुँचमा पु¥याउन लाग्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्