काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौ महाधिवेशनको तेस्रो दिन समूहगत छलफल भइरहेको छ । २५ समूह बनाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेज माथि छलफल भइरहेको छ ।
राजनीतिक प्रतिवेदनमाथि भइरहेको समूहगत छलफलमा पुगेर प्रचण्डले अवलोकन गरिरहेका छन्।
कमलादीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा भइरहेको समूहगत छलफलको अवलोकन गर्न प्रचण्ड पुगेका हुन्।
सोमबार ४४ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रचण्डले करिब सवा दुई घण्टा लगाएर वाचन गरेका थिए ।
यसैबीच आठौं राष्ट्रिय महाधिवेशनको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित समाजवादको यात्रा कला प्रदर्शनीमा पुगेर प्रचण्डले अवलोकनमा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्