काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकार प्राप्तीको राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन् ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक क्रान्ति पुरा भएको तर अझै धेरै काम गर्न बाँकि रहेको बताएक छन् ।उनले भने ‘अहिले पनि व्यक्तिको निरंकुशताको खतरा छ। वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारिएको भए पनि अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता देखिएको छ । यसका विरुद्ध संघर्षको खाँचो छ।’
उनले भने, ‘व्यक्तिको निरंकुशता विचार र पार्टीको भ¥याङ चढेर माथि चढ्ने र स्वार्थको सागर बनाउने रहेछ, जनतमतबाट हिटलर आएका होइनन् ? समाजवादकै झण्डा बोकेका थिए त उनले । उनको पतन भयो । अरुको त के हैसियत छ र ?’
आफूहरुले कम्युनिस्ट विचारलाई देशव्यापी बनाउँदै ३२ सालमा कोअर्डिनेशन केन्द्र बनाएको स्मरण गराउँदै उनले त्यतिबेला जम्मा ८ जना नेताबाट त्यो अभियान सुरु गरिएको बताए ।
यसरी विभिन्न खुड्किलो पार गर्दै बनेको नेकपा एमालेलाई केपी शर्मा ओलीले कब्जा गरेपछि आफूहरुले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको नेपालको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्