Ads

माओवादी महाधिवेशनः समूहगत छलफलको समय दिउँसो १२सम्म, निष्कर्ष सुनाउन १५ मिनेट


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रको तेस्रो दिन पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि सामूहिक छलफल हुने भएको छ ।

प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामा मंगलबारबाट२५ वटा समूहमा छलफल जारी रहेको छ । केहि समूहले छलफल नसक्दा छलफलको समय थपिएको छ । बुधबार दिउँसो १२ बजेसम्म छलफलको समय थपेको माओवादीले बताएको छ ।

माओवादीको महाधिवेशन प्रचार प्रसार उपसमितिका अनुसार अधिकांश समूहले राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् र बाँकी समूहले आज १२ बजेभित्र छलफल सक्नेछन् ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिहरुले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थनका साथसाथै विभिन्न सुझावहरु राख्नेक्रम जारी रहेको छ ।

बुधबार १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने छन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ । दस्तावेज र विधान पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।

 

Ads

सम्बन्धित पोष्टहरू