Ads

डुडुवा गाउँपालिकाले बल्ल ल्यायो बजेट


बाँके । बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ ।

असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले मंगलबार मात्र १२ औँ गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरण लगायतको १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू