काठमाण्डौ । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेको छ। अघिल्लो दिन १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन बढेर १ लाख १ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी, यस दिन तेजाबी सुन १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्